दफा ६६
राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुने

(१) कुनै राष्ट्रसेवकले आफ्नाे कर्तव्य पालन गर्ने सिलसिलामा गैर कानूनी भेला रोक्ने, भङ्ग गर्ने वा हूलदङ्गारोक्ने कुनै काम गर्दा कसैले बाधा विरोध पुर्याउन वा पुर्याउने उद्योग गर्नु हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वादुवै सजाय हुनेछ ।